कान्ति लोकपथको ठाउँठाउँमा पहिरो, ललितपुर खण्ड अवरुद्ध

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १२ : ५९
कान्ति लोकपथको ठाउँठाउँमा पहिरो, ललितपुर खण्ड अवरुद्ध

काठमाडौं। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्ति लोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ । ​भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ ।

बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एक जना मोटरसाइकल चालक घाइते भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस