सुर्खेत । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी हुने भएको छ । नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चारजना मन्त्री सहभागी हुने छन् ।
कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले संसदीय दलका तर्फबाट मन्त्रीहरूको नाम मुख्यमन्त्रीलाई बुझाएको जानकारी दिए । शुक्रबार नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी वीरेन्द्रनगर आएकाले आजै मन्त्रीहरुको सपथको तयारी गरिएको छ ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा हुन लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ साउन २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने
कर्णाली प्रदेश सभा बैठक आह्वान