भारतको वायनाडमा पहिरोका कारण ठूलो क्षति, १२३ जनाको मृत्यु, ९० जना बेपत्ता

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, ०७ : १६
भारतको वायनाडमा पहिरोका कारण ठूलो क्षति, १२३ जनाको मृत्यु, ९० जना बेपत्ता

एजेन्सी । भारतको केरलास्थित वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।

यसअघि साँझ मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

यससँगै ९० जनाको खोजी कार्य जारी रहेको छ भने १३१ जना अस्पतालमा भर्ना छन् । सोमबार र मङ्गलबार राति १ बजेदेखि ४ बजेको बीचमा तीनवटा पहिरोले वायनाडको चुरलमाला, मुन्डक्काइ जस्ता क्षेत्रमा ठूलो क्षति पुर्याएको समाचारमा उल्लेख छ ।

मुख्यमन्त्रीको कार्यालयका एक अधिकारीले भने, "मृतकको संख्या अहिले १२३ पुगेको छ।" उनले सूर्यास्तपछि पनि सेना, नौसेना, वायुसेना, एनडीआरएफ र दमकलको सहयोगमा उद्धार कार्य जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस