काठमाडौँ । रुपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।रुपन्देहीको सैनामैना नगरपालिका-१० कञ्चन पुलस्थित सडकमा रा.५ प ८७३३ नम्बरको मोटरसाइकल र लु.२ ख ६२३६ नम्बरको टेलर गाडी एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार दाङ घोराही उपमहानगरपालिका-४ बस्ने २५ वर्षीया सावित्रा भन्ने स्यान्नानी चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका-३ भासीस्थित सडकमा म.१ त १०१७ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ सुखासाल बस्ने ३५ वर्षीया पार्वती भट्टको मंगलबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
बसको ठक्करबाट चितवनमा एक पुरुषको मृत्यु
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु