काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तीन प्रतिशत भोट पाउँदा राष्ट्रिय पार्टी हुने तर १० प्रतिशत भोट ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन कानुन नमिल्दो भएको बताएका छन् । लोकतन्त्र बलियो बनाउने हो भने यस्ता नमिल्दा कानुन संशोधन हुनुपर्ने उनको भनाइ छ ।
गृह जिल्ला दाङमा आज बिहान आयोजित पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, ‘डेढ प्रतिशत भोट ल्यायो भने प्रादेशिक पार्टी हुन्छ, तीन प्रतिशत भोट ल्यायो भने राष्ट्रिय पार्टी भइहाल्छ । तर हाम्रै निर्वाचन कानुनले के भन्छ भने व्यक्तिका हकमा १० प्रतिशत भोट ल्याएन भने जमानत जफत हुन्छ । मिलेको छ त ?
‘त्यही चिज सुधार्न खोज्दाखेरि चाहिँ साना पार्टी रिसाउँछन् भन्ने कुरा हुन सक्दछ ? लोकतन्त्रलाई सही बाटोमा लैजाने हो भने त जनता रिसाउँछन् भन्न सक्नुपथ्र्यो नि,’ उनले भने ।
यस्ता नमिल्दा विषय मिलाउन र लोकतन्त्र बलियो बनाउन कांग्रेस–एमालेबीच गठबन्धन भएको महासचिव पोखरेलले बताए । लोकतन्त्रको स्थायित्वमा दलहरु जिम्मेवार हुनुपर्ने बताउँदै उनले भने, ‘दलहरु बलिया हुनुपर्दछ, तबमात्र लोकतन्त्र बलियो हुनसक्दछ भन्ने मान्यतालाई स्थापित गर्नलाई नै प्रमुख दुई दलहरु मिलेका छन् भन्ने कुरालाई बुझ्नुपर्दछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह, भन्छन्- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔँ
पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल
सामाजिक सञ्जाल दुरुपयोग र साइबर अपराध रोक्न विधेयक आयो, गलत अर्थ लगाएर विरोध नगरौं : महासचिव पोखरेल
जबजले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य भनेको छैन : शंकर पोखरेल
रविलाई कानूनी कारबाही गर्दा विद्रोह हुन्छ, नारायणहिटीमा राजा पस्छन् भन्नेसम्मको कुप्रचार गरियो : शंकर पोखरेल
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल