काँग्रेसले कुसुमदेवी थापालाई कृषि समितिको सभापति बनाउने

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, १४ : ५६
काँग्रेसले कुसुमदेवी थापालाई कृषि समितिको सभापति बनाउने

काठमाडौँ । काँग्रेसले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापालाई अघि सार्ने भएको छ । काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले थापालाई पार्टीले अघि सार्ने जानकारी दिए ।

आरजु देउवा परराष्ट्र मन्त्री भएपछि कृषि समितिको सभापति खाली थियो । उक्त समिति काँग्रेसको कोटामा परेको हो ।

प्रतिक्रिया दिनुहोस