छिटोछिटो कर्मचारी सरुवा हुँदा कामकाजमा असर पर्‍यो : अध्यक्ष पराजुली

सफल खबर संवाददाता

आइतबार, २८ पुस २०८१, १३ : १८
छिटोछिटो कर्मचारी सरुवा हुँदा कामकाजमा असर पर्‍यो : अध्यक्ष पराजुली

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले छिटोछिटो कर्मचारी सरुवा हुँदा काममा समस्या हुने गरेको बताएकी छिन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा भएको छलफलमा उनले यस्तो धारणा राखेकी हुन् ।

कार्यक्षमताको विषय उठिरहँदा कर्मचारी पनि विशेषज्ञ भए आयोगले काम गर्न सक्ने भन्दै उनले भनिन्– राष्ट्रिय मानवअधिकार आयोगको कर्मचारी सङ्गठन छुट्टै छ । २० वर्षसम्म कर्मचारी त्यहीँ रहन्छन्, सरुवा हुँदैन ।

तर, महिला, दलित , मधेसी लगायत अन्य आयोगको कर्मचारी छिटोछिटो सरुवा हुने गरेका छन् ।  विषय बुझ्न समय लागेको अवस्था छ, बुझ्न थालेपछि सरुवा भइहाल्छ ।

विभिन्न आयोगको ध्यक्षमा महिलालाई अवसर नै नदिइएको उनले बताइन् । उनले भनिन्–अहिलेको विधेयकमा ५० प्रतिशत खुल्ला महिलाका लागि र ८ वटा क्लस्टर छुटाएको देखियो ।

महिला आयोगमा पुरुष अध्यक्ष हुन मिल्ने भए पुरुषलाई नै अध्यक्ष बनाइन्यो होला ।  यसबाहेक अन्य आयोगमा महिला अध्यक्ष हुनुहुन्न । यतिसम्म कि मुस्लिम आयोगमा, प्राकृतिक स्रोत र वित्त आयोगमा समेत महिला हुनुहुन्न ।

प्रतिक्रिया दिनुहोस