डोटी । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ (भोली) गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिता पर्वको अवसरमा भोली प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राजपत्रमा उल्लेख गरिएको छ ।
भोली देखि थारु समुदायको माघ पर्व सुरु हुने गर्छ । माघी पर्वको पहिलो दिन अर्थात् पुस २९ गते जिता (सुँगुर) मार्ने र मिठो मसिनो खाएर पर्व मनाउने चलन रहेको पाइन्छ । यो माघी पर्व थारु समुदायको सबैभन्दा ठुलो पर्व हो । माघ महिनाबाट यो समुदायको नयाँ वर्ष सुरु हुने गरेकाले माघी पर्वलाई नयाँ वर्षको रूपमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म धूमधामकासाथ मनाउने चलन रहेको पाइन्छ ।
माघ १ गते माघे सङ्क्रान्तिको अवसरमा संघीय सरकारले नै सार्वजनिक बिदा दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीले दिए धर्ना
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित