५ वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्न सुझाव

सफल खबर संवाददाता

शुक्रबार, २६ पुस २०८१, १४ : ५६
५ वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्न सुझाव

काठमाडौँ । नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले कर्मचारी सरुवा प्रणालीलाई १० वर्षमा केन्द्रित गर्नुपर्ने बताएका छन् । शुक्रवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

बैठकमा बोल्दै उनले कर्मचारी सरुवा बढुवाका कारण ट्रेड युनियन बदनाम भएको बताए । उनले स्थानीय तहमा बढी उमेरको व्यक्ति प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने बताउँदै त्यसका लागि प्राविधिक कर्मचारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले प्रदेश सचिव प्रदेशकै हुनुपर्ने समेत बताए । उनले ५ वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्नु सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस