काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तहमा जितेका स्थानमा पार्टी र जनप्रतिनिधिको संयन्त्र बनाउने भएको छ । पार्टीबाट जितेर गएका व्यक्तिको अन्तरसम्बन्ध टुट्टै गएको चिन्ता पार्टीमा उठ्न थालेपछि संयन्त्र बनाउन लागिएको हो। संयन्त्रलाई ‘स्थानीय तह समन्वय तथा सहजीकरण संयन्त्र’ नाम दिइएको छ ।
१६ माघ भित्र कांग्रेसले जितेका पालिकामा संयन्त्र बनाउने महामन्त्री गगन थापाले जानकारी गराए । संयन्त्रमा निर्वाचित जनप्रतिनिधि र पालिकाको पार्टी संरचनाबाट ३/३ र अन्य थप दुई गरी आठ सदस्यीय संयन्त्र हुनेछ । संयन्त्रमा रहने थप दुई जनामा विज्ञ, अभिभावकीय भूमिका खेल्नसक्ने व्यक्तिबाट छनोट गरिने भएको छ।
संयन्त्रको बैठक प्रत्येक २/२ महिनामा बस्नुपर्दछ । जनप्रतिनिधि र पार्टीको स्थानीय संरचनासँग सल्लाह र संवाद हुन नसकेको कारणले संयन्त्र बनाउन लागिएको महामन्त्री थापाले शनिबार पोखरामा बताए।
‘हाम्रो बीचमा संवाद भइरहेको छैन । हामी सँगै बस्न पर्यो । एक अर्काको कुरा सुन्न पर्यो,’ थापाले भने । कांग्रेसको बैठकहरुमा जितेकाले पार्टीसँग समन्वय नगरेको गुनासो बेला बेला उठाउँदै आएका छन् ।
जनप्रतिनिधि र पार्टी संरचनाको समन्वय गर्नका लागि संयन्त्र बनाउन लागिएको स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यले जानकारी गराए । ‘जन चासो, जनगुनासोका सवालमाथि छलफल हुन्छ । जनप्रतिनिधिहरुले आफूले गरेको कार्यको जानकारी गराउँछन् । जनप्रतिनिधिको भूमिका अझ प्रभावकारी बनाउन पार्टीले सल्लाह सुझाव र सहयोग गर्छ,’ आचार्यले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा