काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका छन् ।
केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल प्रमुख रहेको आर्थिक नीति तथा योजना विभाग सदस्यमा बिहीबार सदस्यहरू मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई सभापति देउवाले मनोनीत गरेका हुन् । मनोनीत हुनेहरूमा प्रा. विनय कुसियत–धनुषा, प्रा.डा. रश्मी राजभण्डारी–काठमाडौं, डा. सुदन ओली–रोल्पा, डा. ईशा घर्ती–लम्जुङ, डा. रेवतबहादुर कार्की–ओखलढुंगा, डा. प्रताप छत्कुली–धादिङ, डा. राजेन्द्र बीर चन्द–कैलाली, अमरबहादुर रोकाय–सुर्खेत, राजकुमार त्रिपाठी(आर.के.)–धादिङ, होमप्रसाद घिमिरे–ललितपुर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ पुस २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस-एमालेमा महाधिवेशन : देउवा पछि धकेल्ने, ओली अघि सार्ने योजनामा
अब पार्टी भित्र अन्याय हुन दिन्न : शेखर कोइराला
अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने कांग्रेसको निर्णय
काँग्रेसद्वारा स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
कांग्रेस महाधिवेशन कहिले ?