विराटनगर। कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
‘आजको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो २ बजे प्रदेशसभाको छैटौँ हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ’, उनले भने ।
यस्तै, बैठकले प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएको भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश मामिला समितिमा अध्ययन छलफलका लागि पठाउने निर्णय गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा प्रतिपक्षीले गरे सदन बहिष्कार