काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन् ।
पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई आज उनले मनोनयन गरेका हुन् ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी(जुम्ला), ध्रुव खड्का (काठमाडौँ), जमसेरअलि मियाँ (कपिलवस्तु), सीताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बास्तोला (सोलुखुम्बु), सञ्जीव घिमिरे (झापा), जुनु गुरुङ (लमजुङ), विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौँ)लाई मनोनयन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा