पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, ०८ : २१
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबारदेखिको अविरल वर्षाका कारण राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो गएको छ ।

माथिबाट आएको पहिरोले पूर्ण रूपमा सडक अवरुद्ध गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । राजमार्ग पूर्ण रूपमा अवरोध भएकोले राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै सुर्खेतबाट माथिल्लो कर्णाली र माथिल्लो कर्णालीबाट सुर्खेततर्फ आउँदै गरेका सवारी साधनहरू बिच बाटोमा अलपत्र छन् ।

प्रतिक्रिया दिनुहोस