गोरखामा पहिरो : तीनजना बेपत्ता, दुई घाइते

सफल खबर संवाददाता

आइतबार, १३ साउन २०८१, ०८ : २३
गोरखामा पहिरो : तीनजना बेपत्ता, दुई घाइते

File pic

 गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–५ मा पहिरो जाँदा तीनजना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएका पाँचमध्ये दुईजना घाइते अवस्थामा भेटिएको गोरखा प्रहरीले जनाएको छ ।

पहिरो गएको ठाउँ विकट भएकाले उद्धारका लागि जान समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी वासुदेव पाठकले बताए ।
 

प्रतिक्रिया दिनुहोस