सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, १३ : ३७
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । धनुषा र धादिङ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिका-६ हठ्ठिपुरस्थित यदुकुहाबाट हठ्ठिपुरतर्फ जाँदै गरेको मधेस प्र.-०२-००६ प ८५७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ ननुपट्टी बस्ने १८ वर्षीय अख्तर राईनको सोमबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि गोदावरी होस्पिटल जनकपुर धनुषा पठाइएको छ ।

यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० ज्यामिरेघाटस्थित सडकमा काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा.प्र ०६ ००१ ख ३०६ नम्बरको हाइसको ठक्करबाट पैदलयात्री गोर्खा गण्डकी गाउँपालिका-६ आँपचौर बस्ने १६ वर्षीय मिलन थापामगरको सोमबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको राजमार्ग अस्पताल मलेखु हुँदै काठमाडौं बाँसघारीस्थित न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस