काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताएका छन् । सरकारमा सहभागी दलहरूभित्र केही समस्या देखिएपनि एमाले यही गठबन्धनको निरन्तरताको पक्षमा रहेको उनले स्पष्ट पारे ।
‘सरकारमा सहभागी दलहरूभित्र देखिएको विवाद र असन्तुष्टिले गठबन्धनको विषयमा केही आशंका उब्जिएको छ । एमाले वर्तमान गठबन्धनको निरन्तरताको पक्षमा रहेको छ । अहिले विकल्प खोज्ने पक्षमा छैनौँ । केही दलभित्र देखिएको असन्तुष्टिले गठबन्धन भत्किँदैन’, बिहीबार उनले भने ।
उनले मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा पार्टीभित्र छलफल नभएको बताए । प्रधानमन्त्रीलाई आवश्यक परेमा मन्त्री फिर्ता बोलाउने वा नबोलाउन विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह, भन्छन्- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔँ
पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल
सामाजिक सञ्जाल दुरुपयोग र साइबर अपराध रोक्न विधेयक आयो, गलत अर्थ लगाएर विरोध नगरौं : महासचिव पोखरेल
जबजले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य भनेको छैन : शंकर पोखरेल
रविलाई कानूनी कारबाही गर्दा विद्रोह हुन्छ, नारायणहिटीमा राजा पस्छन् भन्नेसम्मको कुप्रचार गरियो : शंकर पोखरेल
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल