काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी गरेका छन् । आज बिहान विश्व वातावरण दिवस २०२४ को अवसर पारेर नेकपा एमाले भक्तपुरमा जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कौशलटार चोकमा रहेको पुलबाट बेलुन उडाएर अभियानको थालनी गरे । अभियानमार्फत ‘राष्ट्रका लागि दुई घण्टा’ छुट्याउन प्रेरणा मिल्ने बताइएको छ ।
अध्यक्ष ओलीले विद्यार्थीसँगै सडकमा बढारेर सफाई अभियानका सदस्यहरुलाई हौसला दिएका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाले वातावरण दिवसको सचेतना जगाउने नारा लेखिएका ब्यानर सहित र्याली निकालेर कौशलटारदेखि सूर्य विनायकसम्म पुगेका थिए ।
सो कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्ध प्रतिनिधि, महिला समुह, विभिन्न विद्यालय र कलेजका विद्यार्थी, स्थानीय तथा राजनीतिक व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । यो वर्षको विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड
५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, कुन जिल्लामा को ?(सूचीसहित)
विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा फेरि अस्मिता भण्डारी
अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ : माधव नेपाल
मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण