काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको टिप्पणी गरेका छन ।
सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताए। सांसद केसीले संघीय संरचनाका कारण मुलुकमा साधारणतर्फको खर्चको अनावश्यक बोझ नेपाली जनताले झेल्नुपरेको दाबी गर्दै उनीहरुलाई त्यसबाट मुक्त गराउन पनि आफूहरुले संघीयता खारेजी गर्नुपर्ने कुरामा जोड दिनुपरेको बताए । उनले संघीयता कायम राखेर मुलुकमा साधारणतर्फको खर्च घटाउन नसक्ने कुरामा ख्याल गर्न पनि सरकारलाई सचेत गराए । सांसद केसीले संघीय संरचना रहेसम्म आम नेपाली जनताले आर्थिक बोझ झेलिरहनुपर्ने तर्क समेत गरे ।
उनले भने, ‘साधारणतर्फ हाम्रो खर्च यसरी किन बढि रहेको छ रु के त्यसको निदान केही सरकारी संरचना हटाएर हुन्छ त ? निश्चित रुपले त्यो सम्भव छैन । साधारण तर्फको बढदो बजेट भोलुमको मुख्य कारण संघीयता हो । संघीयताका कारणले साधारणतर्फको खर्च बढेको छ । साधारणतर्फ बढेको खर्चलाई पूर्ति गर्न करको दायरा वर्षैपिच्छे बढाउनु परेको छ । जसको परिणाम नेपाली जनतामाथि अनाआवश्यक प्रकारको आर्थिक बोझ थपिदै गएको छ । त्यसैले संघीयतालाई कायम राखेर साधारणतर्फको खर्च घटाउन सकिन्न । र मुलुकलाई संघीयताका कारण उत्पन्न बोझबाट मुक्त गर्न सकिन्न । त्यसैले संघीयताको खारेजीमा हाम्रो दलले जोड दिँदै आएको छ । वैदेशिक ऋण लिएर संघीय संरचना धान्ने कुरा गलत भएकाले संघीय संरचना हटाउन पर्छ ।’
सांसद केसीले उत्पादन र उत्पादकत्वमा वृद्धिमा सरकारले बजेटको व्यवस्था गर्न नसकेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्रको विकल्प गणतन्त्र नै हो : चित्रबहादुर केसी
प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न - मन्त्रीलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ?
संसदीय समितिले सहकारी ठगलाई नै जोगाउँछ : चित्रबहादुर केसी
संसदीय छानबिन समिति माछो माछो भ्यागुतो हुन सक्छ : चित्रबहादुर केसी
सहकारी ठगी गरेकालाई जोगाउन सत्तापक्षले षड्यन्त्र गर्यो : चित्रबहादुर केसी
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी