काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित संसदीय समितिले दोषी किटान गर्ने कुरामा आशंका रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सहकारी ठगीको विषय आउनेवित्तिकै समिति बनाएर टार्ने गरिएको बताए । ‘जब समस्या आउँछ, केही दिन छलफल हुन्छ, जनताले आन्दोलन गर्छन्, र तयो समस्या समाधान गर्ने नाममा समिति बन्छ’, उनले भने ।
यसपटक र संसदीय छानबिन समिति बनाउनुपर्छ भन्दा राज्यको जिम्मेवार ठाउँमा बसेको व्यक्तिले तिमीहरु पनि फलानो काण्डमा जोडिएका छौ भन्नेजस्तो लाजमर्दो काम गरेको केसीले बताए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गठन गर्न सत्ता गठबन्धन तयार नभएको प्रति इंगित गर्दै उनले आफ्नो कर्तुत जोगाउन राज्यको निर्णायक तहमा बसेकाहरुले गरेको गतिविधिले संसदीय समितिले काम गर्छ भन्नेमा आशंका रहेको बताएका हुन् ।
‘यो समिति पनि माछो माछो भ्यागुतो गराउँछन् भन्ने कुरा सहकारीबाट ठगिएका जनताले बुझिरहेका छन्’, उनले भने, ‘पहिलेका सहकारी ठगहरुलाई जसरी जोगाउने काम भयो अहिले पनि सरकार जोगाउने नाममा सहकारीमा किटानी साथ नेपाली जनताले संसदमा उठाएको आवाज दबाउने हो भने यो गणतन्त्र यो लोकतन्त्रको कुनै औचित्य हुँदैन ।’
सहकारीको रकम हिनामिना गर्नेमा सर्वसाधारण नभई सांसद र मन्त्रीहरु नै जोडिएको केसीले बताए । ‘सहकारीको रकम हिनामिना गर्नेमा सर्वसाधारण होइन राज्यसत्तामा विराजमान हुने, तिनको संरक्षणबाट, तिनको दलालबाट, कतिपय अवस्थामा सांसद, मन्त्री भइसकेका, उच्च तहमा भइसकेकाहरु सहकारी सञ्चालन गर्ने जनताको हिनामिना गर्नेमा संलग्न छन्’, उनले भने ।
त्यसैले सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही होइन, राज्य सत्ताको निर्णायक ठाउँमा बस्नेहरुले जोगाउने गरेको केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले नेपालीलाई डिपोर्ट नगरोस् : चित्रबहादुर केसी
अध्यादेशबाट देश चलाउनु लोकतन्त्र होइन : चित्रबहादुर केसी
गणतन्त्रको विकल्प गणतन्त्र नै हो : चित्रबहादुर केसी
प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न - मन्त्रीलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ?
संसदीय समितिले सहकारी ठगलाई नै जोगाउँछ : चित्रबहादुर केसी
वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ : चित्रबहादुर केसी