काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक आह्वान गरेका छन्। मङ्गलवार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा बस्ने गरी देउवाले विपक्षी दलको बैठक बोलाएका सांसद रामहरि खतिवडाले जानकारी दिए।
भोलि सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउँदैछ । त्यसअघि देउवाले विपक्षी दल र आफ्नो पार्टीको संसदीय दलको छुट्टाछुट्टै बैठकमा छलफल गर्न खोजेका हुन्।
काँग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएका छन्।
काँग्रेसलगायत विपक्षी दलले यही माग राख्दै लगातार संसद् बैठक अवरोध गर्दै आइरहेका छन्। बजेट अधिवेशनको सुरुदेखि नै प्रतिपक्षी काँग्रेससहितको दलको अवरोधलाई पेल्दै सदन चलिरहेको अवस्था छ।
विपक्षीको अवरोधकै बिचमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनबानट पारित गरेको सरकारले बजेट पनि वाचन गर्ने तयारी गरेको छ। काँग्रेससहितका विपक्षी दलले भने भोलिको सदनमा पनि विरोध गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग