काठमाडौँकी उपप्रमुख सुनिता डंगोल बेलायत भ्रमणमा

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १९ : ३३
काठमाडौँकी उपप्रमुख सुनिता डंगोल बेलायत भ्रमणमा

काठमाडौँ । ब्रिटिस काउन्सिलको निमन्त्रणामा वुमन अफ द वल्र्ड फेस्टिभलमा सहभागी हुन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बुधबार बेलायत गएकी छन् ।

उपप्रमुखसँग भ्रमण टोलीमा वडा नम्बर २७ की सदस्य श्रृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान पनि बेलायत गएकी छन् ।

महोत्सव बेलायतको म्यानचेस्टर सहरको अभोभा स्टुडियोमा जेठ ११, १२ र १३ गते हुने उनको सचिवालयले जनाएको छ । भ्रमणको अवधि १० दिनको हुनेछ । हरेक वर्ष गरिने महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरूका बीच अन्तर्क्रिया र अनुभव आदान हुन्छ । यो कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रूपमा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस