काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको छ ।
न्यौपानेले राजीनामा दशैं अगाडि नै बुझाएको र स्वीकृत भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । पार्टीको सक्रिय राजनीति गर्नका लागि न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बुर्लाकोटीले दाबी गरे । कानुन व्यवसायी न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरेका छन् ।
अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा देवकोटाले कार्यवाहक प्रमुख भएर काम गरेका थिए । देवकोटा अमेरिकामा रहेको बेला तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट न्यौपानेले स्पष्टीकरण सोधेका थिए ।
विधान अनुसार ११ सदस्यीय हुने अनुशासन आयोगमा न्यौपानले राजीनामा दिएपछि हाल चार सदस्यीय कार्यसमिति छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
तीनकुनेमा भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन : सन्तोष परियार