काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहीद दिवस मनाएको छ । हरेक वर्ष माघ १६ गते शहीदहरूको स्मरणमा दिवस मनाउने गरिन्छ । सोहीअनुसार आज लैनचौरमा शहीदहरूको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ ।
सोही अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरूको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी रहेको बताइन् ।
उनले शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग सबै एक हुनुपर्ने पनि बताइन् । ‘शहीदहरूले देख्नुभएको सपना र त्यो सपना पूरा गर्न वास्तविक रूपमा शहीदहरूको सपना पूरा गर्नका लागि एकै स्थानमा उभिएर हरेक तहका शासन व्यवस्थाको नेतृत्व उभिनुपर्ने अवस्था आएको छ । त्यसका लागि सम्पूर्ण नेतृत्वदायी भूमिका निभाइरहनुभएको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।
माघ १० गतेदेखि काठमाडौं महानगरपालिकाले शहीद सप्ताह मनाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेवा र पूर्वाधारलाई लैंगिक उत्तरदायी बनाउन संस्थागत प्रबन्धमा काम सुरु गरिसकेका छौँ : उपप्रमुख डंगोल
रास्वपाको अनुशासन आयोगका उपप्रमुख यज्ञमणिले दिए राजीनामा
मेलमिलापलाई पहिलो प्राथमिकता राखेर विवाद निरूपण गरिरहेका छौँ : सुनिता डंगोल
उपप्रमुख डंगोलसँग ल्हासा नगरका प्रतिनिधि मण्डलको भेट
काठमाडौँकी उपप्रमुख सुनिता डंगोल बेलायत भ्रमणमा
चितवनमा विषादी प्रयोगबारे किसानलाई सचेतना