काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशमलव ५४ अङ्कले घटेको छ ।आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को विन्दुमा पुगेको हो ।
आज तीन सय १५ कम्पनीको ८४ लाख ९० हजार सात सय २२ कित्ता शेयर ५५ हजार आठ सय ६२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ बराबरको कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४०, म्युचुअल फण्ड एक दशमलव १७ र व्यापार समूह एक दशमलव १६ प्रतिशतले बढेको छ भने अरु सबै समूहका उपसूचक घटेको छ ।सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् र होटल तथा पर्यटन समूह शून्य दशमलव ८० र अन्य समूह शून्य दशमलव ९४ प्रतिशतले घटेको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको रु ११ करोड ८९ लाख ९५ हजार तीन सय ६४ बराबरको कारोबार भएको छ ।कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने साङ्ग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको सबैभन्दा बढी दुई लाख ४१ हजार आठ सय ९७ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
प्रि ओपन सेसन : साढे १ अंकको वृद्धि
झिनो अङ्कले बढ्यो शेयर बजार, ७ अर्ब बढीको कारोबार
११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार