काठमाडौं। ह्युस्टन–अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट ६०० भन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ ।
राष्ट्रिय मौसम सेवाले सामाजिक सञ्जालमा अर्को चरणको भारी वर्षाको सम्भावना शनिबार ढिलो (आइतबार)सम्म हुने पोस्ट गरेको छ ।
ह्युस्टनबाट ३० माइल (५० किलोमिटर) उत्तरपूर्वमा रहेको स्प्लेन्डोरा शहर नजिकै गत पाँच दिनमा २१ इञ्च (५३ सेन्टिमिटर) भन्दा बढी पानी परेको मौसम सेवाले जनाएको छ।ह्यारिस काउन्टीका न्यायाधीश लिना हिडाल्गोले एक पत्रकार सम्मेलनमा काउन्टीका विभिन्न क्षेत्रबाट झण्डै १८० जना मानिस र १२२ जना घरपालुवा जनावरको उद्धार गरिएको बताए ।
स्थानीय मिडियाले पोल्क काउन्टीमा एक सय जनाभन्दा बढी र मोन्टगोमेरी काउन्टीमा चार सयभन्दा बढीको उद्धार गरेको बताएका छन् ।
हिडाल्गोले बिहीबार सान ज्याकिन्टो नदीको पूर्वी फोर्कमा रहेको ह्युस्टन क्षेत्रका बस्तीलाई अनिवार्य खाली गर्न आदेश दिएका छन् र त्यहाँका बासिन्दालाई सकेसम्म चाँडो आफ्नो घर छोड्न आग्रह गरिएको थियो ।
ह्युस्टन शहरका अधिकारीले शनिबार यस क्षेत्रमा करिब एक हप्तामा करिब चार महिना बराबरको वर्षा भएको जनाएका छन् । तथापि, यहाँ हालसम्म कसैको मृत्यु वा घाइतेको खबर आएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ बैशाख २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु
विश्वकपको वार्मअपमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने
गाजामा युद्धविरामका लागि हमासमाथि दबाब बढाउँदै अमेरिका
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
अमेरिका भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पुन
अमेरिका र बेलायतले कसरी सघाउँदैछ इजरायललाई ?