कैलाली । विजयी हुने दाबीसहित बझाङको प्रदेश सभाको उपनिर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ । बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। ती मध्ये २९ हजार ७०४ मत सदर भएको थियो ।
यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१५ मत पाएका थिए । सदर मतको १० प्रतिशत मत पनि नल्याएपछि उनको धरौटी जफत भएको छ ।
बझाङमा एमाले निर्वाचित हुँदा काँग्रेस र माओवादी केन्द्रबाहेक सबै पार्टीको धरौटी जफत भएको छ । यहाँ ११ दलका ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए । सिंह नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ बैशाख २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु