युएईले विश्वकै ठूलो विमानस्थल बनाउँदै

एजेन्सी

सोमबार, १७ बैशाख २०८१, ०८ : ५४
युएईले विश्वकै ठूलो विमानस्थल बनाउँदै

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) ले विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ । यसको नाम अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल हुने समाचारमा उल्लेख छ । 

आइतवार, दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतूमले एइडी (युएइको मुद्रा) १२८ बिलियनको लागतमा नयाँ यात्री टर्मिनललाई अनुमोदन गरे । यो विमानस्थल निर्माणको काम सन् २०१३ मा नै सुरु भएको हो ।

अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा ठूलो हुनेछ । विमानस्थलमा २६ करोड यात्रु क्षमताको हुनेछ । अहिले रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा ठुलो हुने पनि जनाइएको छ ।

दुबई एयरपोर्टका सबै कामहरु आगामी वर्षहरूमा अल मकतूममा सारिने छ । अल मकतूम एयरपोर्टमा चार सय टर्मिनल गेटहरू र पाँच रनवेहरू पनि समावेश गरिएका छन् ।