संसद्का सबै बैठकमा उपस्थित हुनेको पनि नाम पढ्न रामहरिको प्रस्ताव, सभामुखको यस्तो जवाफ

सफल खबर संवाददाता

आइतबार, ०२ बैशाख २०८१, १३ : २२
संसद्का सबै बैठकमा उपस्थित हुनेको पनि नाम पढ्न रामहरिको प्रस्ताव, सभामुखको यस्तो जवाफ

काठमाडौं।  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाका सबै बैठकमा उपस्थित हुने सांसदको नाम अधिवेशन अन्त्यमा पढ्न संसद् बैठकमा प्रस्ताव गरेका छन् ।

आइतवार अधिवेशन अन्त्यको दिन लगातार १० बैठकमा अनुपस्थित सांसदको हाजिरी स्वीकृति गराउने बेलामा सांसद खतिवडाले त्यस्तो प्रस्ताव गरेका हुन् ।

 

‘१० बैठकमा अनुपस्थित हुनेको मात्र होइन, अधिवेशनको सबै बैठकमा उपस्थित हुने सांसदको नाम पनि पढ्ने परिपार्टी शुरू गरौं,’ उनले भने ।जवाफमा सभामुख देवराज घिमिरेले यस विषयमा पछि छलफल गर्ने बताए ।

‘माननीयले राखेको विषय ध्यानाकर्षण भएको छ, के गर्ने हो पछि गरौंला,’ घिमिरेले भने । खतिवडा प्रतिनिधिसभामा लगातार उपस्थित हुने सांसद हुन् । 

प्रतिक्रिया दिनुहोस