काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएपछि प्रतिनिधि सभाको कार्यसूचीबाट एउटा विषय हटेको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो ।
बजेट माथिको छलफल प्रारम्भ हुँदासमेत युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ उपस्थित नभएपछि सांसद खतिवडाले मन्त्री नआउँदासम्म बैठक स्थगित गर्न माग गरेका थिए ।मन्त्री नै उपस्थित नभएपछि कसले सुनेर जवाफ दिने भन्ने प्रश्न खतिवडाले गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको छलफल गर्ने विषय आजको कार्यसूचीबाट हटाएका हुन् ।विनियोजन विधेयकअन्तर्गत आज शिक्षा मन्त्रालय, युवा तथा श्रम मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गत छलफल हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ जेठ २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा उठ्यो उपसभामुखले अमेरिकी दूतावासलाई गरेको पत्राचारको विषय
बजेट स्थानीय तह केन्द्रित हुन सकेन: सांसद खतिवडा
संसद्का सबै बैठकमा उपस्थित हुनेको पनि नाम पढ्न रामहरिको प्रस्ताव, सभामुखको यस्तो जवाफ
कांग्रेस संसद्लाई बन्धक बनाएर राख्ने पक्षमा छैन :सांसद खतिवडा