काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर २ हजार १८ दशमलव ३३ को विन्दुमा पुगेको छ ।आज तीन सय १६ कम्पनीको ७९ लाख ५७ हजार छ सय ५९ कित्ता शेयर ६७ हजार ४४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २० करोड ५३ लाख ३२ हजार तीन सय २४ बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक आज घटेको छ ।सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ६५, व्यापार एक दशमलव ७४, लघुवित्त एक दशमलव २० र विकास बैंक एक दशमलव ०९ प्रतिशतले घटेको छ ।
बैंकिङ शून्य दशमलव ५३, वित्त शून्य दशमलव ६२, होटल तथा पर्यटन शून्य दशमलव ७६, जलविद्युत् शून्य दशमलव ०८, लगानी शून्य दशमलव ७९, जीवन बीमा शून्य दशमलव ९९, म्युचुअल फन्ड शून्य दशमलव ७३ र अन्य समूहको उपसूचक शून्य दशमलव ७१ प्रतिशतले घटेको छ ।
मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।गरिमा डिभेञ्चर २०८५ को मूल्य आठ दशमलव ०८ र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७४ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९९ प्रतिशतले गिरावट देखिएको छ ।कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको रु २८ करोड ६८ लाख ९३ हजार तीन सय ३१ बराबरको दुई लाख ९० हजार एक सय ३६ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रि ओपन सेसन : साढे १ अंकको वृद्धि
झिनो अङ्कले बढ्यो शेयर बजार, ७ अर्ब बढीको कारोबार
११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार
साताको अन्तिम कारोबार दिन ३२.८१ अङ्कले घट्यो नेप्से, ४ अर्ब ८४ करोडको कारोबार
नेप्सेमा ९० अंकको पहिरो, १२ अर्बमा सीमित भयो कारोबार
नेप्से परिसूचक ३४.२९ अंकले बढ्यो