काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राज्य अहिले आफ्नो हतियारमा भुलेको बताएका छन् । आज (आइतबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आफूले राज्यको निकायकै निर्णयको आधारमा २२ बोरको हतियार विदेशबाट ल्याएको र लाइसेन्स लिएर प्रयोग गरिरहेको बताए ।
‘झापा जिल्ला प्रशासनको सिफारिसमा गृह मन्त्रालयको सुरक्षा समितिको बैठकले मलाई हतियार दिने भनेर निर्णय गरेको हो । गृह मन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चिठी लेखेको थियो ।
त्यो चिठीको आधारमा हामीले हतियार मगाएका हौँ’, उनले भने, ‘त्यो चिठीको आधारमा हामीले लाइसेन्स पनि पाएका हौँ । अहिले राज्य मेरो हतियारमा भुलेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगिँदै
दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन
दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
प्रसाईँलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृहले माग्यो विवरण