काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ । प्रसाईंका कानुन व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेसमार्फत रिट दिएका हुन् । सर्वोच्च प्रशासनले पेश गरिएको रिटको दर्ता गर्ने बारे अध्ययन गरिरहेको जनाएको छ ।
आइतबार आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं राति नै वीर अस्पतालमा भर्ना भएका थिए । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई अस्पतालबाट लगेर बयान थालेको छ। प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद थप गरेर हिरासतमा राख्ने अनुमति दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगिँदै
दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना