दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगिँदै

सफल खबर संवाददाता

सोमबार, २४ मंसिर २०८१, १२ : २५
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगिँदै

काठमाडौं। विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई संगठित अपराध र आपराधिक लाभ मुद्दामा बयान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिने भएको छ। ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार प्रसाईंलाई आज बयानका लागि सरकारी वकिल कार्यालय लैजान लागिएको हो ।

साइबर अपराध मुद्दामा साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्यूरोले छुट्टै दुई मुद्दा क्रमशः संगठित अपराध र आपराधिक लाभमा अनुसन्धान गरिरहेको छ ।​

 

 

 

 

प्रसाईंकै योजनामा भारतीय आपराधिक समूहका नाइके लरेन्स विश्नोईको नाममा धम्की दिएको तथ्य खुलेपछि ब्यूरोले प्रसाईंविरुद्ध मुद्दा चलाउन लागेको हो । ब्यूरोले विश्नोईको नाममा धम्की दिने झापाका हरिचन्द्र फुयाँललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस