दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन सर्वोच्चको आदेश

सफल खबर संवाददाता

बुधबार, ०३ पुस २०८१, १५ : ५३
दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ। पोखरेलको इजलासले उक्त मुद्दामा कारण देखाउ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो ।बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो ।

पछिल्लोपटक जिल्ला अदालतले प्रसाईंविरुद्ध संगठित अपराध र आपराधिक लाभमा म्याद थप गरेपछि प्रसाईंका छोरा नीराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका  थिए ।

प्रतिक्रिया दिनुहोस