काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आफ्नो कानुनी व्यवसायी मार्फत सर्वोच्च अदालतमा शुक्रबार रिट दर्ता गराएका हुन् ।रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए ।
लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ । उनीमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगिँदै
दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन
दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
लाइसेन्स भएको मेरो हतियारमा अहिले राज्य भुलेको छः दुर्गा प्रसाईं
प्रसाईँलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृहले माग्यो विवरण