काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.१४ अङ्कले बढेर २ हजार ४१ दशमलव ७० को विन्दुमा पुगेको छ ।आज विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य दशमलव १८ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ११ र जलविद्युत् समूह एक दशमलव ५८ प्रतिशतले बढेको छ ।
डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ३५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ९ करोड ३१ लाख ३९ हजार ७० बराबरको कारोबार भएको छ ।कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३४ हजार छ सय २४ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
प्रि ओपन सेसन : साढे १ अंकको वृद्धि
झिनो अङ्कले बढ्यो शेयर बजार, ७ अर्ब बढीको कारोबार
११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार