काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई पक्राउ गरेरै छाड्ने बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले जीवी राई दोषी हो भने कारबाही भोग्नैपर्ने बताए ।
‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउँछौँ, समय लाग्ला कसले भगायो त्यो पनि खोज्छौँ’, उनले भने । लामिछानेले आफ्नो जीवी राईसँग कुनै सम्बन्ध नरहेको बताए । ग्यालेक्सी टेलिभिजनमा जीवी राईसँग काम गरेको र टेलिभिजन छाडेपछि उनीसँगको नाता सकिएको उनले बताए । उनले आफूलाई अनावश्यक रुपमा जीवी राईसँग जोडिएको पनि गुनासो गरे ।
‘जीवी राई जीवी राई म रवि लामिछाने हो, जीबी राई जोडिएको हरेक ठाउँमा रवि लामिछाने हुँदैन । ऊसँग टेभिजिनमा काम गरेको हुँ, टेभिजिनमै मेरो नाता सकिएको हो, त्योभन्दा बाहेक कहीँ कतै पनि छैन, ऊ दोषी रहेछ भने उसले सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगनलाई रविको चुनौती : मैले निवेदन दिएर लोन लिएको प्रमाण दिनु, राजनीति छोडिदिन्छु
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि
हिरासत छल्नबाट रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन
अब पहुँचको भरमा माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने
विपद् नियन्त्रणमा सक्रिय हुन सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन
दुईचार सय नागरिकलाई खाना खुवाउन नसक्ने सरकार छैन : गृहमन्त्री लामिछाने