काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ ।
भोलि बिहान १० बजे अदालत उपस्थित हुने गरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको अदालतले जनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।
बिहीबार उनको बयान सकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको रिट सर्वोच्चका न्यायाधीश ढुंगानाको इजलासमा
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई लगियो रुपन्देही
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने
‘राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’