रुपन्देही । कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीविरुद्ध सुप्रिम सहकारीको रकम अपचलनमा आज रुपन्देहीमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले आज नै मुद्दा दर्ताको तयारी भएको बताए । उनका अनुसार लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग आज अदालत लैजाने तयारी छ । रवि लामिछाने र छविलाल जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोगमा ४ करोडमाथि बिगो माग दाबी गरिने बताइएको छ ।
यसैबीच रवि लामिछाने भोलि थुनछेक बहस तथा बयानका लागि सोमबार जिल्ला अदालत भैरहवा आउने भएका छन् । उनको तर्फबाट कानून व्यवसायी संयोजन गरिरहेका अधिवक्ता यज्ञमणि न्यौपानेले लामिछाने भोलि रुपन्देही आउने बताए ।
बहसका निम्ति कानून व्यवसायी पनि साथमा लिएर रवि भैरहवा आउन लागेका हुन् । को-को कानून व्यवसायी लैजाने भन्ने बेलुकीसम्म टुंगो लाग्ने न्यौपानेले बताए ।
सुप्रिम सहकारी ठगीमा विहीबार १७ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा थप अभियोग दर्ता भइसकेको थियो । गितेन्द्रबाबु राई (जीबी) हित २८ जनाविरुद्ध यसअघि नै अभियोग दर्ता भए पनि यीमध्ये १७ जनाविरुद्ध कसुर र बिगो बढाएर थप अभियोग दर्ता गरिएको जनाइएको छ ।
यसअघि लामिछाने र जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता भएको थियो । लामिछाने ६५ लाख र जोशी ८८ लाख धरौटीमा रिहा भएका थिए ।
त्यसलगतै लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर थुनछेक बहस सकिएको छ । तर, जोशी भने अझै अदालतमा उपस्थित भएका छैनन् । उनीहरूलाई कास्की प्रहरीले रिहा गर्दा आफैँ काठमाडौं प्रहरी वा अदालतमा उपस्थित हुने शर्तमा रिहा गरेको थियो ।
लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा ६० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । उनी अदालतले माग गरेको धरौटी बुझाएर बिहीबार नै हिरासतमुक्त भइसकेका छन् । त्यसपछि चितवनको साहारा चितवन र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि उनीहरू दुवैजनाविरुद्ध मुद्दा चलाउने तयारी छ । दुवै जिल्लाका प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको रिट सर्वोच्चका न्यायाधीश ढुंगानाको इजलासमा
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई लगियो रुपन्देही
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने
‘राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’