काठमाडौ । भक्तपुरमा कारको पछाडि मोटरसाइकल ठोकिँदा गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा उनकी तीन वर्षीया छोरी घाइते भएकी छन्।
भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको दुर्घटनामा मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार गएको सोमबार मध्यपुरथिमी नगरपालिका-२ दिव्येश्वरीमा पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बाप्र ०१–०२७ च ९२७ नम्बरको कारको पछाडि सोही दिशातर्फ जाँदै गरेको बा-५० प– ७४१ नम्बरको मोटरसाइकल ठोकिँदा सपना घाइते भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागार्जुन नगरपालिकामा गाडी पल्टियो, एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ युवकको मृत्यु, ४ घाइते
एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते
ट्याक्टर सहचालकको मृत्यु, चालक पक्राउ