सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको जिकिर गरे ।
संविधान र जनताको भावना विपरीत सरकार गठन भएकोले धेरै पर नजाने उनको भनाइ थियो । आफूले भने अनुसार नै सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको प्रचण्डले दाबी गरे । यद्यपि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले प्रस्ट पारे ।
देशको राजनीति सहज नदेखिएको भन्दै उनले प्रधानमन्त्री ओलीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए ।
ओलीले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै प्रचण्डले समितिमा गइसकेको विधेयकलाई अध्यादेशबाट शासन गर्नु गलत भएको बताए । आफूहरूले विशेष अधिवेशन बोलाउने भनेपछि मात्र सरकार संसद् बोलाउन तयार भएको उनको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड
इतिहासको रछ्यानमा मिल्काइएका तत्वले दिवासपना देख्दैछन् : प्रचण्ड
२०८४ सालमा कांग्रेस-एमालेले गठबन्धन गरुन् : प्रचण्ड
सरकारमा हुँदा हामीले जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दियौं : प्रचण्ड
शहीदको बलिदानका कारण राजनीतिक परिवर्तन सम्भव भयो: प्रचण्ड
मलाई काँग्रेस-एमालेले होइन, भ्रष्टाचारी भू-माफियाहरूले प्रधानमन्त्रीबाट हटाएका हुन् : प्रचण्ड