काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू गिरफ्तारी दिन तयार रहेको बताएका छन् । आइतबार झापाबाट काठमाडौँ आएका प्रसाईंले त्रिवि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू केही दिनपछि मात्र काठमाडौँ आउने तयारी भए पनि नयाँ गठबन्धनमार्फत नयाँ मन्त्रिमण्डल विस्तार भएसँगै आफूलाई पक्राउ गर्ने हल्ला चलाएकाले आफू काठमाडौँ आएको बताए ।
‘जतिखेर पनि पक्राउ दिन दुर्गा प्रसाईं तयार छ । दुर्गा प्रसाईं टाइगर हो टाइगर जिउँदै छ’, प्रसाईंले भने, ‘रविजीलाई म के भन्छु भने मलाई समय दिनुस् म फाइल बुझाउँछु । तर फाइल खोल्ने आँट गर्नुस्’, उनले सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाई पक्राउ गर्न अनुमति दिए आफूले सात दिनमा पक्राउ गरेर ल्याइदिने बताए । ‘जीवी राई सन्तोष कार्कीकोमा बसेका छन् ।
मलाई गृहमन्त्रीले अनुमति दिए म सात दिनमा पक्राउ गरेर ल्याइदिन्छु ।’ उनले सर्वहारा वर्ग र भुइमान्छेमाथि सरकार खनिएको भन्दै २०३० सम्म यो देश माफियाले लिइसक्ने घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगिँदै
दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन
दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
लाइसेन्स भएको मेरो हतियारमा अहिले राज्य भुलेको छः दुर्गा प्रसाईं