काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिएको छ । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएको समाजवादी सुदूरपश्चिम सरकारबाट बाहिरिएको हो ।
समाजवादीका तर्फबाट आर्थिक मामिलामन्त्री बनेका नरेशकुमार शाहीले केन्द्रमा समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने भन्दै राजीनामा दिएका छन् ।चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।
माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब मुख्यमन्त्री कमलबहादुर शाहलाई काँग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ । जबकि सरकार जोगाउन २७ जनाको समर्थन चाहिन्छ । नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीले दिए धर्ना
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित