घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र अर्थात् इद पर्वको अवसरमा शुभकामना दिँदै प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
एकापसमा रहेको रिस, राग बिर्सेर एकापसमा खुसी साटासाट एवं शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, भाइचारा र पारिवारिक मिलनको रूपमा खुसी र हर्ष उल्लासपूर्वक इद पर्व मनाउन उनले आग्रह गरेका छन् ।
“यस पर्वले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, समझदारी, समन्वय मेलमिलाप एवं भाइचाराको भावना बढाउनुका साथै राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस्”, प्रदेश प्रमुख मियाँको सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीले दिए धर्ना
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित