सुर्खेत। केन्द्रमासर सत्ता समीकरण बदलिएसँगै कर्णालीमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने भएका छन्। आज नै मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा बुझाउने तयारी भइरहेको कांग्रेसबाट सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले जानकारी दिए ।
'केन्द्रमा समीकरण बदलिसकेपछि हामी सत्तामा बसिरहनुकाे औचित्य भएन, ' उनले भने, 'हामी मार्ग प्रशस्त गरिदिन्छाैँ ।' ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री रहेका छन् ।
कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए । मन्त्री विसीका अनुसार राजीनामा दिएर पत्रकार सम्मेलन समेत गरिनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूमि सम्बन्धी अधिकार उपभोग गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का
यसरी जोगियो शरदसिंह भण्डारीको मन्त्री पद
सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सम्भव छ : मन्त्री पाण्डे