काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले धरहरा पुनर्निर्माण परियोजनाको महत्व नबुझेकाले त्यसको आलोचना गरेको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै निर्माणकार्य उतिबेलै सम्पन्न भइसकेको बताएका हुन् ।
काम भने कछुवाको गतिमा जारी रहेको उनको भनाइ छ । 'तत्कालिक प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो । जसको निर्माणकार्य उतिबेलै सम्पन्न भइसकेको छ,' पोखरेलले लेखेका छन्, 'अरु परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्ब भएको छ । तर निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ । यो परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक हो ।'
अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको धरहराको भने झण्डै तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । ११ वैशाख २०७८ मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गरेका थिए ।
धरहरा पुननिर्माणको परियोजनाअन्तर्गत त्यसलाई नयाँ स्वरूपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको उनले बताएका छन् । 'पहिलो पुरानो धरहराको बचेको भागलाई परदर्शी शिसाले छोपेर जस्ताको त्यस्तै संरक्षणगरी सुरक्षित राख्ने । दोश्रो तेसको छेवैमा पुरानो स्वरूपमा तर नयाँ प्रविधिको प्रयोगरी सुरक्षित धरहराको निर्माण गर्ने ।
तेश्रो भूकम्पको बारेमा जानकारी गराउने हिसाबले म्युजियमको निर्माण गर्ने,' उनले भनेका छन्, 'चौथो भित्री शहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौ अण्डर ग्राउण्ड पार्किङको माथिल्लो भागमा बगैँचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने । त्यसका लागि गोस्वारा हुलाकसमेतको वरिपरिको सरकारी जमिन समेत प्रयोग गरिएको छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ माघ २०८०, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह, भन्छन्- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔँ
पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल
सामाजिक सञ्जाल दुरुपयोग र साइबर अपराध रोक्न विधेयक आयो, गलत अर्थ लगाएर विरोध नगरौं : महासचिव पोखरेल
जबजले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य भनेको छैन : शंकर पोखरेल
रविलाई कानूनी कारबाही गर्दा विद्रोह हुन्छ, नारायणहिटीमा राजा पस्छन् भन्नेसम्मको कुप्रचार गरियो : शंकर पोखरेल
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल