ढोरपाटन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तीका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताएका छन् । पचहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले कमजोर नागरिकले वर्षौँदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरे ।
नागरिकको मानव अधिकारको प्रत्याभूत नभएकै कारण हरेक दिनदिनै नेपाली युवा विदेशिनु परेको अध्यक्ष केसीको भनाइ थियो । एउटा नागरिकको गास, बास र कपाससँगै उसले देशमै गरिखान पाउने अधिकार हुने भनिए पनि पछिल्लो समय त्यस्तो वातावरण नहुँदा दिनहुँ हजारौँ युवा बाहिरिनु परेको चर्चा गर्दै उनले यसका लागि राष्ट्रिय जनमोर्चा वर्षौँदेखि लड्दै आएको र अहिले पनि आफूले संसद्मा यस विषयमा आवाज उठाइ रहेको जानकारी दिए ।
“मानव अधिकारबारे बढी प्रचार गर्नेले नै यसको उल्लङ्घन गरिरहेका छन्, जसले मानव अधिकारको घोर उल्लङ्घन गरेको छ, उसैले मानव अधिकारको चर्को कुरा गरिरहेको छ, कुनै पनि नागरिकलाई मानव अधिकार संरक्षण हुन्छ, भन्ने विश्वास नै छैन”, अध्यक्ष केसीले भने, “शक्ति हुनेको ढुङ्गो उभो पल्टन्छ, कमजोरको उँदो पनि पल्टिँदैन, त्यसले गर्दा जो बलियो छ, उसले मानव अधिकार पाएको छ, निमुखा जनताले भने पाउन सकेका छैनन् ।”
मानव अधिकार रक्षाका लागि सरकार र जनता नै लाग्नुपर्नेमा जोड दिँदै उनले वर्षौँदेखि अन्यायमा परेका कैयौँ नागरिकले अहिलेसम्म न्याय पाउन नसकेकाले यसमा सरकार सचेत हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्रको विकल्प गणतन्त्र नै हो : चित्रबहादुर केसी
प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न - मन्त्रीलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ?
संसदीय समितिले सहकारी ठगलाई नै जोगाउँछ : चित्रबहादुर केसी
वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ : चित्रबहादुर केसी
संसदीय छानबिन समिति माछो माछो भ्यागुतो हुन सक्छ : चित्रबहादुर केसी
सहकारी ठगी गरेकालाई जोगाउन सत्तापक्षले षड्यन्त्र गर्यो : चित्रबहादुर केसी