काठमाडौँ । बेलायतमा तेस्रो वर्ष अगाडि नै प्रधानमन्त्री भएका डेभिड क्यामरुन विदेश सचिव भएका छन् । सन् २०१० देखि सन् २०१६ सम्म बेलायती कन्सरभेटिब पार्टीका नेताको रूपमा उनी प्रधानमन्त्री भएका थिए । आज फेरबदल भएको नयाँ क्याबिनेटमा उनी विदेश सचिव भएका हुन् । यो विदेशमन्त्रीको बेलायती नाम हो ।
बेलायती प्रधानमन्त्री ऋषि सुनाकले क्यामरुनलाई विदेश सचिव नियुक्ति गरेका छन् । बेलायती तथा युरोपेली मिडियाहरुले क्यामरुनले विदेश सचिवको रूपमा काम गर्दा इजरायल हमास र अरब विश्वको समस्या अन्त्य गर्न पहल कदमी लिन सक्ने बताएका छन् । रोचक कुरा सन् २०१० मा ऋषि सुनाक कन्सरभेटिब पार्टी प्रवेश गर्दा क्यामरुन सोही पार्टीका प्रधानमन्त्री थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ कार्तिक २०८०, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने