तीन महिनामा साढे ११ अर्बको खाद्यान्न आयात

सफल खबर संवाददाता

सोमबार, २७ कार्तिक २०८०, १४ : ५४
तीन महिनामा साढे ११ अर्बको खाद्यान्न आयात

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा साढे ११ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ । भारत, चीन, थाइल्याण्ड, जापान, इटाली लगायत मुलुकबाट ११ अर्ब ६० करोड ७४ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो ।

भन्सार विभागका अनुसार चामल, मकै, ब्राउन राइस, बासमती चामल, मकैको पिठो, गहुँको पिठो लगायत खाद्यान्न वस्तु आयात गरिएको छ । साउन, भदौ र असोजमा २२ लाख मूल्य बराबरको खाद्यान्न निर्यात भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ६० करोड रुपैयाँ नै खाद्यान्नमा व्यापार घाटा भएको विभागले जनाएको छ ।

यस्तै तीन महिनामा खाद्यान्नको कारोबारबाट सरकारले ७५ करोड २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।गत वर्ष (आव २०७९/०८०) तीन महिनामा ९ अर्ब २६ करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो । सो बापत सरकारले ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस